३० जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्विट्जरल्यान्ड जाँदैछिन् । स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तराष्ट्रिय श्रम सम्मेलन’ अन्तरगत ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन उनी त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी बेलुकी ५ बजे जाने कार्यक्रम तय भएको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले शिखर बैठकलाई पर्सि विहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।

‘रोजगारीमा महिला’ शिर्षकमा उनले सम्बोधन गर्ने राष्ट्रपतिको कार्यलयले जनाएको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो पटक हो । राष्ट्रपति भण्डारी असार ४ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।