१५ असोज, कैलाली।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरु द्रुत रुपमा अघि बढाउन आग्रह गरेका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

रानी जमरा कुलरीया सीचाइ आयोजनाको निरीक्षणको क्रममा आज कैलाली पुगेका प्रधानमन्त्री दाहालले यो आयोजना नेपाल सरकारको भएकाले जती सक्दो परिणाम देखिने गरी काम अघी बढाउन आयोजना प्रमुखहरुलाई आग्रह गरे ।

सरकारले विकाश निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेकाले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समयमै सम्पन्न गर्नु पर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले संविधान कार्यन्वयनका लागी सरकारले काम गरीरहेको र अब चाडैँ नै मधेश र थारुसमुदायका माग पुरा गरी देशलाई विकाशको बाटोमा अघि बढाउने बताए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले आफ्ना माग पत्र नबुझेको भन्दै टीकापुर घटनाका पिडीत परिवारले प्रचण्ड बिरुद्ध नाराबाजी गरेका छन । उनीहरुले थारुसमुदायका निर्दोष मानिसलाई सरकारले थुनेर राखेकोले तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।