१७ कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन । रफत सञ्चार क्बलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले आफू प्रतिनिधिसभामा प्रत्यक्ष रुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताए ।

उनले नयाँ पुस्तापनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णय अनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताए । उनले नेपालको राष्ट्रिय राजनीतिले बाटो विराउँदै गएको वर्तमान अबस्थामा पार्टी विस्तार भन्दा पनि आफू र आफ्नो पार्टीले सैदान्तिक र गुणात्मक बिषयको उठाउन गर्दै अग्रसरता जनाउँने बताए ।

वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रियरुपमा रहने भन्दै बिजुक्छेंले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाए । यो गठबन्धन भित्र नै आन्तरिक कलह भैरहेकोले यसले दिर्घकालिन रुप लिन नसक्ने उनले बताए ।

गठबन्धनले देशमा दुई पार्टीको रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीको रुपमा राजनीतिक दलहरु आए झनै राजनीतिक भद्रगोल हुने भन्दै उनले थ्रेस होल्डले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने बताए ।