१३ भदौ, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा ‘बादल’ ले अहिले देश बाह्य हस्तक्षेपको दलदलमा परेको र पार्टी राष्ट्रिय मुद्दामा निर्णायक विन्दुमा रहेको बताएका छन् ।

अस्थाइ शिक्षकलाई प्रचण्डले दिए खुसीको खवर

सोमबार काठमाडौमा पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा उहाले सरकारको नेतृत्व गरिरहँदा पनि माओवादी केन्द्रसामु राष्ट्रियताबारे लड्ने कि आत्मसमर्पण गर्ने ? भन्ने विषय मुख्य चुनौति बनेर देखा परेको समेत बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

माओवादी केन्द्र सत्ताको नेतृत्वमा पुगेलगत्तै बाह्य शक्तिको स्वार्थमा राष्ट्रघाती सन्धिसम्झौताको चाङ लागेको भन्दै उहाले सबै राष्ट्रघाती, जनघाती परिस्थिति चिर्न सकिन्छ कि सकिँदैन भन्ने ठूलो चुनौति पार्टीसामू आएको धारणा राखे ।

भारत जानु अघी विज्ञसँग राय लिन्छु, फाष्ट ट्र्याक विदेशीलाई दिने होइन- प्रचण्ड

पूर्वजनमुक्ति सेनाले जनताको अधिकारको लागि पुनः संघर्षमा जानुपर्ने दिन टाढा नरहेको भन्दै उहाले पार्टीले यसबारे ठोस कार्यक्रम ल्याउन लागेको धारणा पनि राखे ।

अर्को प्रसंगमा नेता बादलले काठमाडौं–तराई फाष्ट ट्रयाक, अपर कर्णाली र धारणा राखे ।