१७ चैत, एजेन्सी।

उत्तर कोरियाले करिब एक हजारको सङ्ख्यामा ड्रोन उत्पादन गरि तयारी अवस्थामा राखेको खबर छ। यी ड्रोनको सहयोगले उत्तरले हावाबाट आतंक फैलाउन सक्ने सम्भावनलाई लिएर दक्षिण कोरिया चिन्तित बनेको छ।

उत्तर कोरियाको आशंका गरिएको ड्रोन दक्षिण कोरियामा दुर्घटनाग्रस्त भेटिएको थियो।

दक्षिण कोरियाको अनुसार उत्तर कोरियाले यी ड्रोन जासुसी गर्न समेत प्रयोग गर्ने गरेको छ। साथै रासायनिक हतियार र जैविक हतियार यसमा लोड गरि आक्रमण गर्न सक्ने तर्फ दक्षिण कोरियाको चिन्ता बढेको हो।

सन् २०१६मा कोरिया इन्स्टिच्युट फर डिफेन्स एनालाइसिसको एक रिपोर्ट अनुसार उत्तर कोरियासंग २५ केमिकल एजेन्ट छ। जसमा ६ नर्भ एजेन्ट (सारिन, भिएक्स आदि) र जैविक हतियारको रुपमा प्रयोग गर्न सकिने १३ प्रकारको प्याथोजिन ( एन्थ्रेक्स, क्लोसट्रिडियम बोटुलिनम आदि) उत्तर कोरियासंग रहेको बताइन्छ।

योनहाप न्युज एजेन्सीको अनुसार उत्तर कोरियाका शासक किम जोङ उन सन् १९९० को दशक देखि नै ‘बाङ्गुन’ नाम गरेको ड्रोनका विभिन्न भर्जन विकास गर्दैछन् । यी ड्रोन १६० किलोमिटर प्रतिघण्टाको गतिमा २०-२५ किलोग्रामको तौल बोकेर उड्ने सक्ने अनुमान लगाइएको छ।

सन् २०१४ मा पाजुमा भेटिएको शंकास्पद ड्रोन। उत्तर कोरियाले पठाएको आशंका गरिएको यो ड्रोनमा उत्तर कोरियाली राष्ट्रपति भवनको तस्बिहरु भेटिएका थिए।

रेडियोधर्मी पदार्थ र विस्फोट पदार्थ समेत बोक्ने सक्ने गरि ‘बाङ्गुन’ को पाँचौ संस्करण उत्तर कोरियाले विकास गरेको तर्फ दक्षिण कोरियाका थिङ्क ट्यांकहरुले सचेत गराएका छन्।

यो पढ्नुस्।

संसारका १० घातक हतियार