४ साउन, बेँसीसहर । आर्थिक वर्ष २०७३/७४ मा राहदानीबाट रु एक करोड ८१ लख ७० हजार राजस्व संकलन भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सो अवधिमा तीन हजार ४२९ जनाले साधारण राहदानी लिएका छन् । जिल्लाको सिफारिसमा एक हजार ५०९ जनाले द्रूतसेवामा राहदानी लिएका छन् ।

गत आवमा सबैभन्दा बढी कात्तिकमा राहादानीबाट रु १८ लाख ७० हजार तथा वैशाखमा सबैभन्दा कम रु नौ लाख ९० हजार राजश्व संकलन भएको थियो ।