८ भदौ, काठमाडौं ।

निर्वाचन आयोगले बाढी पिडितका लागि राहात वितरण गर्दा प्रदेश नम्बर दुइको निर्वाचनको लागि जारी गरिएको आचारसंहिताको ख्याल गर्न आग्रह गरेको छ ।

आयोगले आज सार्वजानिक सुचना जारी गर्दै निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन राजनैतिक दल तथा संघसंस्थाले दिने राहात जिल्ला दैवी प्रकोप समिती मार्फत मात्र दिन आग्रह गरेको छ । बाढि पिडितका लागि प्राप्त राहत समितिमार्फत प्रमुख जिल्ला अधिकारीले वितवरण गर्न भनेको छ ।

राहत वितरण गर्दा असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचनको स्वच्छता तथा निष्पक्षतामा कुनै प्रतिकुल प्रभाव पर्न नदिन आयोग सचेत रहेको पनि जनाइएको छ । तेस्रो चरणको निर्वाचनका लागि भन्दौं १ गतेदेखि आचारसंहिता लागु भएको छ ।