३ कात्तिक, काठमाडौं।

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस रियल म्याड्रिडले पोल्याण्डको वार्सालाई ५–१ गोल अन्तरले पराजित गरेको छ । नेपाली समय अनुसार गएराती भएको खेलमा रियलले वार्सालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।gareth-bale-163853310

रियलको जितका लागि गेराथ बेल, असिन्हो, भाजकुइज र मोराटाले गोल गरे । वार्साका जोडेलवाइकले एक गोल रियलका लागि आत्मघाती गरिदिए । वार्साका लागि राडोभिकले एक गोल गरे ।

जितसँगै रियलले अन्तिम १६ मा स्थान बनाएको छ ।
जितपछि रियल ग्रुप एफमा ७ अंकसहित दोस्रो स्थानमा कायम भएको छ । बोरुसिया डर्टमुन्ड पहिलो स्थानमा छ।