६ माघ,  काठमाडौं ।
४० खेलसम्म अपराजित हुँदै तीन दिन अघि हारेकोे स्पेनिस रियल म्याड्रिड फेरि पराजित भएको छ । सेभिल्लासँग २–१ गोल अन्तरले हारेको तीनदिनपछि कोपा डेलरेकपकोे क्वाटरफाइनलमा रियल सेल्टाभिगोसँग २–१ गोल अन्तरले नै पराजित भएको हो ।

६४ औं मिनेटमा अपासको गोलमा सेल्टाले अग्रता लिएको थियो । ५ मिनेटमैं रियलका लागि मार्सेलोले बराबरी गोल गरे । त्यसको एक मिनेटमैं सेल्टाको लागि कास्ट्रोले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक भएपछि रियल क्वाटरफाइनलको पहिलो लेगमा रियल आफ्नै मैदानमा पराजित हुन पुग्यो ।

real-madrid-v-sevilla-uefa-super-cup

अब खेलमा फर्किन रियललाई दोस्रो लेग २–० ले पनि जिते पुग्छ । तर, सेल्टाले एक गोल गरे रियलले ३ गोल गर्नुपर्ने हुन्छ ।