यदि तपाइँको कसैसँग झगडा पर्‍यो वा मुड खराव भयो भने यसको विभिन्न खराव प्रभाव हुन सक्छ । यसले तपाइँको काम गर्ने क्षमता समेत कमजोर बनाइदिन्छ । समय समयमा उत्पन्न हुने आक्रोशले दिमागले पुरै काम गर्दैन । यस्तो बेलामा कतिपय काम गर्नु भन्दा नगर्नु उत्तम हुने विज्ञहरु बताउँछन् ।

के हुन् रिस उठेको बेला गर्न नहुने ३ काम

१- रिसाएर नसुत्नुस्
भनिन्छ रिसाएर ओच्छ्यानमा जानु हुँदैन । रिसको झोंकमा ओच्छ्यानमा जानु भो भने तपाइँको रिस घट्ने होइन स्थिर रहने एक अध्यनले देखाएको छ । जर्नल अफ न्यूरो साइन्सका अनुसार तपाइँको रिसाएको मुड सुतेपछि कम हुनुको साटो स्थिर हुन्छ र लम्बिन्छ । सामान्यतः सुतेर रिस शान्त हुने ठानिएपनि ठिक उल्टो हुने यो अध्यनको निष्कर्ष छ ।

sleeping boy

२- सवारी नचलाउनुस्
रिसाएको मुडमा गाडी चलाउँदा तपाइँ दुर्घटनामा पर्ने तिव्र सम्भावना हुन्छ । रिसाएको अवस्थामा सवारी चलाउनेहरुले सडक नियम उल्लङ्घन गर्ने र आफूलाई जोखिममा पार्ने अध्यनको निष्कर्ष छ । रिसाएको समयमा आक्रामक स्वभाव प्रवल हुने हुँदा गाडी नचलाउनु राम्रो भएको जर्नल अफ न्यूरो साइन्सको सुझाव छ । रिसले आफ्नो देख्ने र सोंच्ने सक्ति समेत खुम्चाइदिने हुँदा यस्तो बेला सवारी चलाउनु खतरनाक हुने भनिएको हो ।

mobile using while driving

३- खानु हुँदैन
रिसको बेला खान खानु उचित नहुने विज्ञहरुको भनाइ छ । रिसाएको बेला मानिसले खराव खाने कुरा छनौट गर्ने र खाने कुराको नियम पनि पालना नगर्ने खतरा हुन्छ । त्यसैकारण रिस उठेको बेला खाना नखानु नै उचित हुने विज्ञहरुको सल्लाह छ ।

family-eating-dinner

रिसाएको बेला शरीरबाट उत्पन्न हुने इन्जाइम र रस पनि पाचनका लागि सहायक नहुने उनीहरुको भनाइ छ । यसले गर्दा रिसको बेला खाएको खानाले तपाइँलाई पखाला चलाउने वा पाचन सम्बन्धि अन्य समस्या हुन सक्छ ।

कार्यस्थलमा भुलेर पनि नगर्नुस् यी ३ विषयमा कुरा

भुलेर पनि केटीलाई नभन्नुस् यी तीन कुरा

भुलेर पनि घरमा नराख्नुस् यी ६ तस्विर