५ असार, रुकुम ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले रुकुमका जनताले तालमेल होईन माओेबादी चाहेको बताएका छन् । अन्य राजनीतिक दलहरुले आफू समक्ष तालमेलको प्रस्ताव राखेको भन्दै गृहमन्त्री शर्माले रुकुममा त्यसको आवश्यकता नरहेको बताए ।

सिस्ने गाँउपालिकाको रुकुमकोटमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री शर्माले रुकुमका क्रान्तिकारी जनताको चाहना माओवादी मात्र भएको वताए । उनले चरणको स्थानिय तहको निर्वाचन जस्तै दोश्रो चरण पनि जित शुनिश्चित रहेको दावी गरे ।

आफुहरु जनताको कामदार भएको बताउदै मन्त्री शर्माले रुकुमेली जनताको माओवादी प्रतिको समर्पणले आफूलाई काम गर्ने उर्जा प्रदान गरेको वताए । पुर्वी रुकुमको पिडा आफूलाई राम्रोसँग थाहा भएको भन्दै उनले पूर्वी भागलाई छुट्टै केन्द्र बनाउने प्रयास गरिरहेको जानकारी दिए ।