रुकुम, ३१ बैशाख । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज कर्णबहादुर नकाल (शिशिर) पक्राउ परेका छन् ।

बिगत केही दिन अघिदेखि रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं. ३ गरायला तथा सिम्ली लगायतका स्थानमा लुकीछिपी बसेको गोप्य सूचनाका आधारमा बिशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।