१२ फागुन, रुकुम ।

प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले रुकुमेली जनतालाई शान्तिको लडाई लड्न आग्रह गरेका छन् । रुकुम महोत्सव उद्घाटन गर्न पुगेका प्रधानमन्त्रि प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणका लागि अार्थिक समृद्धि आवश्यक रहेको भन्दै सबै मिलेर शान्तिको लडाई लड्न आवश्यक रहेको बताए ।

फाइल तस्बिर

परिवर्तनलाई मन नपराउनेहरु कुनै नकुनै रुपमा संविधान कार्यान्वयन भएको हेर्न नचाहेको भन्दै आफू त्यसमा सचेत रहेको बताए । आफू प्रधानमन्त्री भएपछि दलहरुको बीचमा समझदारी कायम गर्दै सबैलाई एकतावद्ध गरेर निर्वाचनमा लैजाने जिम्मेवारी आएको र कुनै पनि हालतमा आफू त्यसमा सफल हुने प्रधानमन्त्रीको दावी छ ।

मधेस र पहाडलाई, सत्तापक्ष र प्रतिपक्षीबीचमा समझदारी गर्ने काम गरिरहेको उनको भनाई थियो । माघ ७ गते भित्र तीनै तहको चुनाव गराउन समयको चाप रहेको भन्दै प्रधानमन्त्रीले सबैलाई सहयोग गर्न आग्रह गरे ।