कुशल श्रेष्ठ

रुघा र खोकी एकैचोटि लाग्दा तपाईँले के बुझ्नुपर्छ भन्दा तपाईँको प्रतिरक्षा प्रणाली (Immunity System) कमजोर हुँदै गएको छ अथवा एलर्जीले सताइरहेको छ। यस्तो बेलामा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्दछ। विशेष गरी आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनमा तपाईँको जोड हुनुपर्दछ। यदि रुघा र खोकीको बेलै रोकथाम गर्न सकिएन भने यसले ठूल्ठूला समस्या निम्त्याउन सक्दछ अनि पछि उपचार नै गर्न नमिल्ने हुन सक्छ।

अनि तपाईँको प्रतिरक्षा शक्तिलाई बलियो बनाउने एउटै उपाय भनेको ‘भिटामिन-सी’ हो। अनि भिटामिन-सी पाइने खानेकुराहरूमा फलफूल तथा सागसब्जी मूख्य पर्दछन्। तर कतिपयले के अन्धविश्वास गर्छन् भन्दा रुघाखोकी लागेको बेलामा फलफूल खानुहुँदैन। यो सरासर मिथ्या हो। हो, फलफूल खानुहुँदैन, तर कुहिएको, गिल्थिलिएको अनि सङ्क्रमण भएको फलफूल खानुहुँदैन।

तसर्थ आजको स्वास्थ्य अङ्कमा हामी तपाईँहरूलाई रुघाखोकी लागेको बेलामा कस्तो फलफूल खान हुन्छ, कस्तो फलफूल खान हुँदैन भन्ने बारेमा प्रष्ट्याउन गैरहेका छौँ। सायद यसले तपाईँको रुघाखोकीको समस्यामा राहत दिन पो सक्छ कि?

रुघाखोकीलाई बुझ्दाः

रुघाखोकी लाग्दा शरीरबाट सिँगान र खकारको पैदा हुने क्रम बढ्दछ अनि नाकको द्वार र घाँटीमा गएर टाँस्सिन्छ। जसले गर्दा नाक टाल्लिने, सास फेर्न गाह्रो हुने, खोक्दा भित्रपट्टी कफ अड्किएको जस्तो हुने हुन्छ।Cough-and-Cold

शरीरमा यस्ता खकार र सिँगानको मात्रा बढि भएमा निर्जलीकरणको समस्या आउन सक्दछ। त्यसैले गर्दा रुघा र खोकी लागेको बेलामा पौष्टिक तत्वले भरिपूर्ण भएको खानेकुराहरू खानु जरुरी हुन्छ। ताजा फलफूल तथा सागसब्जीमा प्रशस्तै पौष्टिक तत्वहरू पाइन्छन्, त्यसकारण नै आफ्नो दैनिक खानामा यसलाई मिसाउनु अपरिहार्य हुन आउँछ।

विशेष गरी रसिलो फलफूलले रुघाबाट राहत प्रदान गर्दछ। अनि शरीरमा पानीको मात्रा कमि हुन नदिनको लागि सफा (अथवा तातो) पानी वा अन्य तरल पदार्थ पिउनुपर्दछ। ताजा फलफूल तथा सागसब्जीलाई काँचै खाँदा रुघाको लागि फाइदाजनक हुन्छ। पकाएर अथवा फ्राइ गर्दा त्यसको पौष्टिक मूल्यमा ह्रास आउँदछ।

कस्तो फलफूल खाने?

भिटामिन-सी भएका फलफूलहरू रुघा र खोकीको लागि जरुरत पर्दछ। सबैभन्दा धेरै मात्रामा भिटामिन-सी ‘कागती’मा पाइन्छ। यसले तपाईँको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ। दिनहुँ कागतीको जुस र मनतातो पानी पिउनाले निर्जलीकरण हुनबाट बचाउनुको साथै प्रतिरक्षा प्रणालीलाई पनि बलियो गराउँदछ।basket of Fruits

सुन्तला पनि भिटामिन-सीको राम्रो श्रोत हो। यसको जुस र मनतातो पानी पिउनाले खोकीबाट समेत राहत प्रदान गर्दछ। स्ट्रबेरीमा पनि प्रशस्तै भिटामिन-सी पाइन्छ। रुघाखोकी सँग लडाइँ गर्ने हो भने विभिन्न प्रकारका भिटामिन-सी युक्त फलफूल सेवन गर्नु राम्रो उपाय हुन्छ। किनभने यिनीहरूमा पाइने फाइबरले पेटलाई भरि बनाउनुको साथै प्रतिरक्षा प्रणाली बलियो बनाउने सेतो रक्तकोषलाई समेत मद्दत गर्दछ।

भिटामिन-सी भएको फलफूल चिन्ने तरिका सजिलो छ। जुन फलफूलको स्वादमा हलुका अमिलोपना मिस्सिएको हुन्छ, त्यसमा भिटामिन-सी पाइन्छ भनेर बुझ्नुपर्दछ। जस्तै; भुइँकटहर, आरु, अङ्गुर, लिची, चेरी, अनार, हलुका काँचो स्याउ, अमला, नासपति आदि।

कस्तो फलफूल नखाने?

जुन फलफूलमा बढि गुलियो अनि चिल्लोपना हुन्छ, त्यस्तो फलफूलले रुघा र खोकीको लागि राहतको सट्टा समस्या थप्ने काम गर्दछ। जस्तै; केरा, गाँजर, नरीवल, मेवा, गुलीयो अनि बढि पाकेको स्याउ, अम्बा, बँगेर, आदि। रुघाखोकी लागेको बेला यस्ता फलफूलले स्वासप्रश्वासमा बाधा पुर्याउँदछ।Fruits to eat and not to eat during cold and cough

यसलगायत रुघाखोकी लागेको बेलामा दूग्धपदार्थहरू पनि खानुहुँदैन। जस्तै; दूध, चिज, दही, कुल्फी, आइसक्रिम, मही, आदि। सकेसम्म गुलियो खानेकुराहरूलाई टाढा राख्दा नै रुघाखोकी सँग लड्न सहज हुने गर्दछ।

यो पनि हेर्नुहोस्-
रुघा र खोकीलाई घरमै बसीबसी निको पार्ने ८ विधि
महको बारेमा जान्नै पर्ने १० तथ्य
दैनिक २० मिनेट व्यायाम गर्नुस, रुघाखोकीबाट जोगिनुस
जिब्रोको रङ्ग हेरेर शारीरिक स्वास्थ्यको बारेमा कसरी थाहा पाउने?
पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?
अदुवा राखेको चिया खाँदा फाइदै फाइदा