१६ चैत, एजेन्सी।

रुसले तयार गरेको ‘जिरकोन’ नामको हाइपरसोनिक एन्टी शिप मिसाइलले अहिले विश्व ध्यान तानेको छ ७४०० किलोमिटर प्रतिघण्टाको गतिमा लक्ष्य भेदन गर्नसक्ने यो मिसाइल एकपटक प्रहार गरेपछि रोक्न सकिदैन।

हाइपरसोनिक गति सुपरसोनिक भन्दा तेज हुन्छ। सामान्यतया ध्वनीको गति (हावामा ध्वनिको गति ३४३ मिटर प्रति सेकेन्ड हुन्छ) भन्दा पाँच गुणा गति (जसलाई ‘म्याक ५’ भनिन्छ)लाई हाइपरसोनिक भनिन्छ। सुपरसोनिक वा हाइपरसोनिक गतिमा उडेका वस्तुको नजिककै केहि वस्तु परेमात्र पनि ध्वस्त हुने सम्भावना रहन्छ। किनकी यस्तो तिव्र गतिमा उड्दा हावामा उत्पन्न हुने कम्पन (जसलाई सोनिक बुम पनि भनिन्छ)ले वरिवरिका वस्तुहरुमा क्षति पुर्याउनसक्ने सामर्थ्य राख्छ। यस्तो गतिमा उड्ने वस्तु अझ मिसाइल (विस्फोटक पदार्थ) सहित प्रक्षेपति हुन्छ भने यो निकै शक्तिशाली हुन जान्छ।

रुसको रक्षा मन्त्रालयले मंगलबार यो मिसाइलको एक तस्बिर सार्वजनिक गरेको छ। यो मिसाइलको सबैभन्दा ठूलो शक्ति यसको गति हो। यहि कारण अमेरिका पनि तनावमा आएको छ।

मिसाइलको क्षमता करिब ४०० किलोमिटरसम्म बताइएको छ। सन् २०२२ सम्म रुसको सेनाले यो मिसाइल प्रयोग गर्न पाउने गरि तयारी थालिएको छ। यसमा स्क्र्यामजेट इन्जिनको प्रयोग गरिएको छ, जसले हावामा रहेको अक्सिजन इन्धनको रुपमा प्रयोग गर्छ। मिसाइलमा कुनै पनि चलायमान पाटपुर्जा छैन।

यो मिसाइलको परीक्षण भइसकेको छ र यसलाई सन् २०२२ सम्म रसियन युद्धक जहाजमा फिट गरिनेछ।