त्तिक, एजेन्सी ।

सोभियत युनियन अस्तित्वमा रहेको समयमा अमेरिका र सोभियत रुसबीच भयंकर शितयुद्ध चलेको थियो । दोश्र विश्वयुद्ध पछि दुई महाशक्तिहरु हतियारको होडमा लागे ।

साउदी राजपरिवारले संसारसँग लुकाएका ७ कुरा, राजाले आफ्नै छोरीलाई पनि छोडेनन्

सोभियतकालीन कतिपय रुसी सैनिक र हतियार भण्डार अखडा अहिले पनि कायमै छन् । रुसको गुडिम हतियार केन्द्र सबै भन्दा विशेष हतियार केन्द्र थियो । किन भने यो हतियार केन्द्र मुख्यतः अमेरिकालाई पुरै ध्वस्त पार्न सक्ने हतियार राखिएको थियो ।

russia-secret-cities सोभियत रुसको कट्टर दुश्मन अमेरिकाको सीमाबाट नजिक पर्ने स्थानमा राखिएको यो हतियार केन्द्र रुसको गोप्य मिसाइल अखडा थियो भन्दा पनि हुन्छ । यहाँ रुससँग रहेका सबैभन्दा अत्याधुनिक आणविक हतियार राख्ने गरिन्थ्यो ।

सोभियत रुससँग यति धेरै मिसाइल थिए कि एक झट्कामा न्यूयोर्क, वाशिङ्टन, क्यालिफोर्निया, साउथ डेकोटा र अलास्का ध्वस्त हुन सक्थ्यो । तर अव यो हतियार केन्द्र विरानो भएको छ ।

लोकमान प्रकरणः प्रचण्डलाई च्यालेञ्ज गर्ने माओवादी सांसदको अर्को स्ट्याटस

सन् २०६१ मा पहिलो पटक यो अखडा सैनिक अपरेशनका लागि प्रयोग गरिएको थियो । आधिकारिकरुपमा यसलाई Anadyr-1 भन्ने गरिन्थ्यो । तर पछि त्यहाँको नेतृत्व गरेका कर्नेल गुडिमोवको सम्मानमा स्थानीयले यसको नाम गुडिम राखे । यो सैनिक अखडा निर्माण गरेपछि कर्नेल गुडिमोवले रहस्यमयरुपमा आत्महत्या गरेका थिए ।

russia-security

सन् २००२ सम्म यहाँको सैनिक युनिटलाई भंग गरिएको थियो । सैनिक युनिट भंग गरिएपछि यहाँ रहेका ५ हजार मानिसले शहर छोडेर सारातोव र एंजेल्समा गएर बसेका थिए ।

russia-secret-cities-1

सोभियत रुस टुक्रिएपछि अहिले पनि रुससँग १५ वटा गोप्य शहर छन् । जहाँ रुसले खतरनाक हतियार राखेको विश्वास गरिन्छ ।

लोकमान प्रकरणः ओलीले अन्तिम समयमा बदले निर्णय