२ असार, एजेन्सी ।

रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा आइएस, स्लामिक स्टेटका प्रमुख पनि परेको आशङ्का गरिएको छ ।

रुसी सैनिकले भनेको छ उसले गत मे २८ मा सो हमला गरेको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशङ्का छ ।

त्यस बैठकमा हमला हुदा कैयौँ मारिएको उसले जनाएको छ । तर त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्ने बारेमा प्रमाणित गर्ने प्रक्रिया सुरु भएको रुसी सेनाले जनाएको छ ।

रुसी सैनिकद्वारा जारी सो विज्ञप्तिमा उक्त सेनाले उक्त कारबाही गत मे २८ मा सिरियामा आइएसको पकड रहेको भनिएको रक्वा सहरमा गरेको थियो ।

सो सहरमा आइएसको बैठक बसेको र त्यहाँ आइएसका प्रमुख नेताको पनि सहभागिता रहेको सूचनाका आधारमा सो कारबाही गरिएको सेनाको भनाई छ ।

सो बैठकमा अबु बाकर अल बग्दादी पनि सहभागी भएको सूचनाको आधारमा कारबाही गरिएको जनाएको थियो । त्यहाँ मारिएका हतियारधारीमा आइएस प्रमुख बग्दादी पनि परेको समाचार यसअघि नै आएको थियो । तर पुष्टि भने भएको थिएन ।

रुसी सेनाले भनेको छ– पुष्टि त अहिले पनि भैसकेको छैन, तर हामी मारिएका व्यक्तिको पुष्टि गर्ने क्रममा छौँ । उनी मारिएको सम्भावना अत्यधिक हामीले देखेका छौँ ।