२९ पुस, काठमाडौं । ट्रम्प प्रशासनको रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका जनरल जेम्स म्याटिस र गुप्तचर प्रमुख हुन लागेका माइक पोमपियोले सिनेट समक्ष रूसप्रति कडा रुख अपनाएका छन् । poline

म्याटिसले दोश्रो विश्व युद्धपछि नेटोमाथि सबैभन्दा धेरै खतरा मडारिएको बताए भने पोमपियोले रूस युरोपका लागि खतरा बन्दै गएको बताए । तर, राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले भने दुवै देशबीच राम्रो सम्वन्धको विकास हुने आशा व्यक्त गरेका छन् ।
सिनेटको सशस्त्र सेवा समिति समक्ष म्याटिसले भने ‘मलाई लाग्छ अहिले यो सत्यलाई स्वीकार गरौं कि पुटिन नेटोलाई तोड्न चाहन्छन् । हामीले राजनीतिक, आर्थिक र सैन्यको समन्वयात्क कदम चाल्न जरुरी छ । हामीले आफ्ना मित्र राष्ट्रहरूसंग मिलेर काम गर्नु पर्छ । मलाई लाग्छ दोश्रो विश्व युद्धपछि नेटोमाथि सबैभन्दा धेरै खतरा मडारिएको छ, त्यो धेरै रूसबाट नै रहेको छ, अनि चरमपन्थी संगठन र चीनले दक्षिण चीन सागरमा गरिरहेको गतिविधिबाट ।’

म्याटिस्ले पुटिनले नेटो राष्ट्रलाई छिन्नभिन्न पार्न खाजिरहेको बताउँदै नेटो अहिले संसारकै उपयोगी संयुक्त सैन्य संगठन भएको बताए । ट्रम्पले भने ७० वर्ष पुरानो यो सैन्य सम्वन्धप्रति प्रश्न खडा गर्दै आएका छन् ।

अर्कोतिर गुप्तचर प्रमुख हुन गइरहेका पोमपियोले ट्रम्प र गुप्तचरका अधिकारीहरूसंगको विवादमा कडा शब्द प्रहारको सामना गर्नु परेको थियो । उनले आफूलाई गुप्तचर संस्था र अधिकारीहरूसंग पुरा विश्वास रहेको बताए । उनले गुप्तचर निकायहरूको ह्याकिङमा रूसका नै हात रहेको कुरा ठोस प्रमाणमा आधारित छ ।