७ फागुन,काठमाडौं ।
हास्य कलाकार एवं नायक दिपकराज गिरीले आफूलाई राजनीतिमा होमिने कुनै रहर नभएको बताएका छन् ।

उनले तर राप्रपामा महाधिवेशनमा केन्द्रीय सदस्य दौडमा रहेका कलाकार प्रकाश सुवेदी, नायिका, रेखा थापा, कलाकार कोमल वलीलाई जितको शुभकामना दिएका छन् । गिरीले आफ्नो फेसबुक लेखेका छन, ‘एउटा कलाकारको हिसाबले तपाइको सफलताको कामना, लोकप्रियता दक्षतामा परिणत होस ।’