मिन बहादुर पण्डित

भूपू प्रम ओलीको चीन भ्रमण पश्चात केरुङ्ग काठमान्डौ, र काठमान्डौ-पोखरा -लुम्बिनी सम्म रेल बनाउन चीन तयार भएको थियो । सर्बेको लागि तुरुन्तै ३ वटा टोलि पनि आयो, अरु खानी अन्वेषणको लागि पनि टोलि आएकै हो । तर अहिले सबै चर्चा सेलायो । यसलाई जसरी भए पनि भारतले भाँड्न चाएको थियो, त्यसैले केपिलाई जबर्जस्ती हटाइयो । अहिले प्रचण्ड सरकार आलटाल नीति अबलम्बन गर्दैछ भन्दा फरक नपर्ला । कस्तो दुष्ट छिमेकी होला ? हामीले चीन तिर रेल बनाउँदा उसको सुरक्षामा असर पर्छ रे । अनि भारततिर बाट नेपाल रेल बनाउँदा चाहि चीनको सुरक्षामा असर पर्दैन ? भारतलाई कुनै अफ्टेरो नपर्ने गरि हामीले आफ्नो देश आफ्नो तरिकाले बिकास गर्न नपाउने ? के नेपाल भारतको उपनिबेस हो र ? हामी सार्बभौम देश हौ त्यसैले यो भारतीय हस्तक्षेप दादागिरी बाहेक अरु केहि पनि हुन् सक्दैन । भारतको कुनै पनि छिमेकी संग राम्रो समन्ध छैन ।

त्यो जमानामा हिमाल सेमेंट, ट्रली बस, हरिसिद्दी इट्टा आदि १ दर्जन भन्दा धेरै उद्योग सित्तैमा बनाइ दिनेले चीनका लागि काठमान्डौ केरुङ्ग रेल पनि सित्तैमा बनाइ दिनु कुनै ठुलो कुरा होइन । किनकि यो रेल बनाइदिदा ब्यापार बाटै मात्र पनि उसको लगानी सजिलै उठ्छ । यो रेल बनेपछि नेपालले पनि सके जति निकासी ब्यापार गरेर धेरै फाइदा लिन सक्नेछ । सस्तोमा चिनिया र तेश्रो मुलुकबाट सामान आयात हुनेछ, भने अर्को तिर लाखौ चिनिया पर्यटक आउने छन् । चिनिया नयाँ बर्ष सुरु हुनै लाग्यो चिनिया नयाँ बर्षमा १ महिना सार्बजनिक बिदा दिने चलन छ । त्यो बेला धानी नसक्नु चिनिया पर्यटक नेपाल आउने छन् । १८ करोड चिनिया बुद्धिष्ट पनि बारैमास लुम्बिनी आउने छन् । त्यसैले चिनिया रेल आएमा नेपालको बिकाशको काया पलट हुनेछ । तर प्रधानमन्त्री स्वयंले बजेट छैन कसरी बन्छ रेल भने ? बजेट बिना कसरी त्यत्रो जनयुद्ध चाँही संचालन भयो त् ? बास्तबमै बनाउने सोच भए बजेटले रोकिन्न । सकेको नेपाल सरकारले लगानी गर्छ । शेयर खोले जनताले पनि लगानी गर्छन, बैंक तथा बित्तिय संस्थाहरुले पनि लगानी गर्छन । चीनले पनि सहयोग गर्छ । बनेपछि लगानी पनि त उठ्छ नि ।

min-bahadur-pandit

चिनिया राजदुतले पनि प्रधानमन्त्री संग बिदाइ भेटमा ढुक्क हुनुहोस रेल आउछ भनेर गए । तर भुलाउने र झुलाउने अनि चुनाब पनि नगर्ने रणनीतिमा प्रचण्ड छन् भन्दा गलत हुदैन होला । यो रेल योजना केहि बर्ष ढिला भए पनि कुनै माइकालालले भाड्न सक्दैन । किनकि नेपाली जनताले प्रस्ट बुझी सके सबैको नियत । आगामी चुनाबमा राष्टघाती र लम्पसारबादीको पांच पांच सिट भन्दा बढी आउँदैन । सोसल मिडियाले गर्दा जनताको चेतनाको स्तर बढेको छ । राम्रो के हो नराम्रो केहो, समाचार संसार भरि तुरुन्त फैलिन्छ । चिनिया राष्टपति दशैको टिकाको दिन नेपाल आउन चाहन्थे तर सरकार परिबर्तन भएकाले आउन सकेनन । चिनिया राष्टपति आएको भए ९९.९ % केरुङ्ग काठमान्डौ रेलको बिधिवत सिलन्न्याश हुने थियो । तर हतारमा भारतीय राष्टपतिको भ्रमण गराइयो । भारतीय राष्टपति आउदा जनताले कति साथ् र सम्मान दिए अनि कति आलोचना गरे जग जाएर नै छ ।

हुनत अर्काको मात्र आश गर्नु त् ठिक होइन, तर अहिलेको स्थितिमा चीनले रेल बनाइदिञ्छु भन्दा नाइँ हुन्न पर्दैन भन्ने स्थितिमा हामी छैनौ । अब हामीले बिस्तारै बिस्तारै परनिरभर्ता घटाउदै र हटाउदै लानु पर्छ । अहिले चीनको ब्यापार संसारको २०० भन्दा बढी देश सम्म फैलिएको छ । त्यसैले हामीले गर्ब गर्नु पर्छ कि त्यस्तो देश संग हाम्रो सिमा जोडिएको छ । तर मेरो व्यक्तिगत धारणामा भारत संग सिमा जोडिनु हाम्रो दुर्भाग्य नै हो । ५० करोड बेरोजगारी भएको देश संग खुल्ला सिमा राखेर देस बन्नला त ? खैर अहिले हामीलाई चाहिने प्रशस्त पर्यटक चीनमै छन् । अनि हामीलाई चाहिने सम्पूर्ण उपभोग्य समान पनि अरु देशमा भन्दा चीनमै सस्तोमा पाइन्छ । त्यसैले चिनिया रेल कुनै पनि हालतमा बन्नु पर्छ । चीनले त् भनेको छैन नि बजेट छैन होला तिमीहरु संग बेकार किन सर्बे गर्नु ? त्यो बेलाको सरकारले पनि बजेट छैन किन ट्रली बसको सर्बे गर्नु ? बजेट छैन किन अरनिको राजमार्गको सर्बे गर्नु भनेको भए चिनिया सहयोगमा यत्रा उद्ध्योगहरु बन्थ्यो ? बजेट छैन कसरी चलाउनु ट्रली बस ? कसरी चलाउनु हिमाल सिमेन्ट ? भनेर कांग्रेसले उद्ध्योग निजिकरणको नाम दिएर कौडीको भाउमा बेचेर कमिसन खायो ।

अहिले चीनमा ३० हजार किलोमिटर मेट्रो रेल लाइन बनि सकेको छ भने कयौ ठाउँमा बन्ने क्रममा छ । त्यसैले उसको लागि नेपालमा दुइ तिन सय किलोमिटर रेल बनाइदिनु कुनै ठुलो कुरा होइन । यो रेल बनाइदिदा उसको पनि त् ब्यापार बढ्छ नि। जस्तोकि अरनिको राजमार्ग बनेर चीनले नेपाल तिर अरबौको ब्यापार गरेको थियो । दोश्रो कुरा चीन संग खरबौ डलर पैसा जम्मा छ । चीनले आफ्नै लगानीमा पाकिस्तानमा एसियाकै ठुलो बन्दरगाह बनाउदै छ । अब यो बन्दरगाह मार्फत धेरै देशमा पानी जाहजबाट सामान निर्यात र आयात हुनेछ । खरबौको कारोबार हुनेछ । तर नेपालमा ओलीले जाबो पानी जाहज किन्नु पर्छ भन्दा हावा कुरा भनेर उडाइयो । (कुनै पनि पाकिस्तानीलाइ सोध्नुस बन्दरगाहको बारेमा जानकारी पाउनु हुन्छ) यो यो बन्दरगाह भाँड्न भारतले सक्दो कोशिस गर्यो तर केही सिप लागेन । तर हाललाई नेपाल चीन रेल लिंक भाँड्न सफल भएको छ । यो योजना भाँड्न सघाउने नेपाली मतियारहरुको आगामी चुनाबमा के हाल हुन्छ त्यो भने हर्न बाकी छ।
त्यसैले जाल झेल गरेर रेल भाड्नेहरुको अब भविष्य छैन । जनताले तिनलाई सत्ताको छेउ छाउ पनि पुग्न नसक्ने गरि तिरस्कार गर्नु पर्छ। देशलाइ घात गरेर अरबौ कुम्ल्याउने हरुले गर्दा नै आज प्रजातन्त्र खतरामा परेको हो, देशको अस्तित्व संकटमा परेको हो , गणत्रन्त्र खतरामा परेको हो, अनि बेरोजगारी र अस्थिरता बढेको हो अनि भारतले हेपेको हो । भाषण गर्दा जनताको लागि अधिकार चाहिन्छ भनेर मुखले बोलि टोपलेर मात्र पुग्छ र जब आचरण नै ठिक नभए पछि ? त्यसैले देश बनाउन धेरै दिमाग चाहिदैन र नेताले धेरै मिहिनेत पनि गर्नु पर्दैन। मात्र इमान्दार र जिम्मेवार बनि दिए पुग्छ ।