२८ पुस । काठमाडौं
चौथोपटक विश्वकै उत्कृष्ट फुटबलरको व्यक्तिगत उपाधि हात पारेका रियल म्याड्रिडका स्ट्राइकर क्रिश्चियानो रोनाल्डो टिमबाट बाहिर परेका छन् ।

portugal vs poland ronaldo

रोनाल्डो कोपा डेलरे कपको दोस्रो लेगमा टिममा नपरेका हुन् । पहिलो लेगमा रियलले प्रष्ट ३–० को अग्रता लिएपछि रोनाल्डोलाई प्रिक्वाटरफाइनलको खेलमा प्रशिक्षक जिनेदिन जिदानले आराम दिएका हुन् ।

मेसीको नायकीय खेलले बार्सिलोनाको उद्धार

रोनाल्डोले पहिलो लेगसमेत खेलेका थिएनन् । इस्को, गेराथ बेल र पेपे पनि टिममा परेका छैनन् । सेकेण्डमा लेगमा आफूलाई जित्न सेभिल्लाले ४–० को नतिजा निकाल्नुपर्ने छ । त्यसैले पनि स्टार खेलाडी रोनाल्डोलाई जिदानले आराम दिएका हुन् । लुका मोड्रिच र जेम्स रोड्रिगेजले पनि सेकेण्ड लेग खेल्ने छैनन् ।