९ असोज, काठमाडौं ।

रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिश्चियानो रोनाल्डो फेरि विवादमा आएका छन् । फुटबल मैदानमा राम्रो खेल्दाखेल्दै पनि अनेक व्यवहारका कारण विवादमा तानिइरहने रोनाल्डो शनिबार राती भने आफूलाई पूरै समय खेल्न नदिएको भन्दै प्रशिक्षक जिनेदिन जिदानसँग असन्तुष्ट भएका हुन् ।

पाकिस्तानले नेपालको उदाहरणसहित भारतलाई दियो जवाफ

स्पेनिस ला लिगाको छैटौं खेलमा ला पालमाससँग २–१ गोल अन्तरले अग्रता लिइरहेकै बेला ७२ औं मिनेटमा प्रशिक्षकले रोनाल्डोलाई मैदानबाट फिर्ता बोलाएका थिए । आफूलाई मैदान बाहिर निकाल्ने शैलीप्रति मुख बिगारेका रोनाल्डोले बाहिरिए पछि प्रशिक्षक जिदानले हात दिंदा पनि मुखमै नहेरी हात मिलाएर अघि बढेका हुन् ।

ronaldo jidan

रोनाल्डो बाहिरिएको १३ औं मिनेटमा आराउजोले ८५ औं मिनेटमा २–२ गोलका लागि बराबरी गोल गरेपछि रियल अंक बाड्न बाध्य भयो । यस अघि पनि रियलले बराबी खेल्दै अंक बाँडेको थियो ।

तर, खेलमा अग्रता रियलले नै लिएको थियो । ३३ औं मिनेटमा एसेन्सियोको गोलबट रियलले अग्रता लिए पनि ३८ औं मिनेटमा पाल्सका तर्फबाट आफ्नै मैदानमा मिडफिल्डर टानाले बराबरीका लागि गोल गरे । सब्टिच्युड खेलाडी करिम बेन्जमाले ६४ औं मिनेटमा गोल गर्दा रियल २–१ ले रहेको थियो । तर, पछि बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

चीनलाई झट्काः बैज्ञानिकले भने- अव हाम्रो नियन्त्रणमा छैन

लगातार दुई खेलमा एक एक अंक जोडेपछि बार्सिलोनासँगको स्पष्ट तीन अंकबाट रियल एक अंकको अग्रतामै सीमिति भएको छ ।

बार्सिलोनाको सहज जित
चोटका कारण मैदानबाहिरै रहेका लियोनेल मेसीविनाको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ५–० गोल अन्तरले पराजि गरेको । जसमा नेयमारले २, लुइस स्वारेज, राफिन्हा र टुरानले एक एक गोलको योगदान दिएका थिए ।

Barcelona-1-2-Alaves 19425939

६ खेल सकिंदा रियलको १३ र बार्सिलोनाको १२ अंक भएको छ । एथलेटिको बिलबाओको १२ अंक भएको छ ।