एजेन्सी । चीनका प्राविधिक प्रदर्शनीमा एक रोबोटले मान्छेलाई आक्रमण गरेको छ । आक्रमणका कारण ति ब्यक्ति गम्भीर घाइते भएका छन् ।

robot_

घरेलु कामका लागि बनाइएको फ्याटी नामको रोबोटले आफूलाई राखिएको सोकेसको सिसा फुटाएर प्रदर्शनी हेर्न आएका एक व्यक्तिमाथि आक्रमण गरेको हो । मान्छेमाथि रोबोटले आक्रमण गरेको यो पहिलो घटना भएको अन्तर्राीष्ट्रय संचारमाध्यामले जनाएका छन् । घटनापछि सो रोबोटलाई प्रदर्शनीबाट हटाइएको छ ।

आयोजकले भने अपरेटरको गल्तीका कारण घटना भएको बताएको छ । पछाडी आउने स्वीच थिच्नुपर्नेमा अगाडि जाने स्वीच थिचेका कारण रोबोटले सिसा फुटाएर मान्छेमाथि आक्रमण गरेको आयोजकको भनाई छ ।

robot-1_1479701394

घटनामा घाइते भएका व्यक्तिको परिचय नखुलेको बताइएको छ । घटनापछि रोबोटको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।