२० मंसिर । काठमाडौं
नेपाली खेलप्रेमीले देख्ने एउटै सपना हो भारतसँग क्रिकेट खेल्ने र उसलाई पराजित गर्ने । एकदिवसीय र टेस्ट मान्यता नपाएको नेपालको यो तत्काल सम्भव हुने विषय होइन । तर, क्रिकेटको राष्ट्रिय टिमले भन्दा भन्दा पनि अपागंता भएकाहरुको ह्वीलचेयर क्रिकेटमा नेपाली टिमले भारतलाई उसकै भूमिमा ३ विकेटले पराजित गरेको हो ।

फुट्सल च्याम्पियनशिपः नेपाल द्वारा भारत ५ सून्यले पराजित

नेपालले भारतलाई हराएपछि भारतीय संचारमाध्यमहरुले यो विषयलाई प्राथमिकताकासाथ प्रस्तुत गरेका छन् । दैनिक जागरण, पत्रिकाडटकमसहित पत्रिका, अनलाइनसहितका संचारमाध्यमहरुले प्राथमिकतासाथ हालेका छन् ।

wheelchair-cricket-nepal-india-2

एक दिन अघि भएको टी २० मा खेलमा टस जितेर नेपाली टोलीले फिल्डिगं रोजेको थियो । नेपाली बलरसामू भारतको टिम १२ ओभरमा ६७ रनमा समेटिएको थियो । ५० रन हुँदा नेपाली टोलीले ७ विकेट गुमाए पनि भरत कार्कीले १८ रन जोडेपछि नेपालले उसकै भूमिमा ३ विकेटको रोमाञ्चक जित निकालेको हो ।

लिभरपुलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो

wheelchair-cricket-nepal-india-3

खेल डिजेबल्ड स्पोर्टिगं सोसाइटी द्धारा भएको खेललाई आगरा पुलिस एवं स्मृतिले सहयोग गरेको थियो । विश्व विकलांग दिवसका अवसरमा नेपाल र भारतबीच यो क्रिकेट सिरिजको पहिलो खेल भएको थियो ।

wheelchair-cricket-nepal-india-1 wheelchair-cricket-nepal-india-4