१६ असार, रोल्पा ।

रोल्पाको दुइखोली गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारको मत बराबर भएपछि चिठ्ठा तानेर छिनोफानो गरिएको छ ।

कांग्रेसका भिमबहादुर खत्री र माओवादी केन्द्रका झपिराम डाँगीको मत बराबर भएको हो । दुबैले ४९१–४९१ मत ल्याएपछि गोला प्रथाद्धारा माओवादीका डाँगी बिजयी भएका छन् ।

अन्य पदमा भने माओवादीका उम्मेदवार विजयी भएका छन् । वडा नं १ र २ मा माओवादी केन्द्रले जित हात पारिसकेको छ ।