७ असोज, रौतहट ।
रौतहटको १८ स्थानिय तह मध्ये १६ वटा स्थानिय तहको अन्तीम नतिजा आइसकेको छ । गरुडा र कटहरीया नगरपालिकामा भने मतगणना जारी रहेको छ । गरुडामा काग्रेंसले अग्रता लिइ रहेको छ भने कटहरीयामा माओवादी केन्द्रका उम्मेदवार पहिलो स्थानमा छन ।

नेपाली काग्रेंस –
१. चन्द्रपुर नपा (रामचन्द्र चौधरी÷रामरति चौधरी)
२. राजपुर नपा (मो. शकिल अख्तर÷सगिरा खातुन)
३. राजदेवि नपा (धिरेन्द्र सिंह÷अंशु सिंह (ससफो)
४. परोहा नपा (शेख वकिल÷सुगंधि गिरी)
५. गढीमाई नपा (श्याम बाबु यादव÷सुभद्रा देवी)
६. फतुवा विजयपुर नपा (गोपाल राय यादव÷कान्ती देवी (मा.के.)
७. वृन्दावन नपा (राम स्नेही यादव ÷नूर जहाँ)
८. दुर्गा भगवति गापा (अरुण साह ÷ मंजु झा)

संघिय समाजवादी फोरम –
१. देवाही गोनाही नपा (धर्मेन्द्र पटेल÷सुनैना देवी (मा.के.)
२. बौधिमाई नपा (रवि रंजन यादव÷प्रमिला कुशवाहा)
३. माधव नारायण नपा (विरेन्द्र यादव÷सिमल साह (मा.के.)

माओवादी केन्द्र –
१. मौलापुर नपा (रिना साह ÷ गौरी शंकर प्रसाद)
२. यमुनामाई गापा (श्री प्रसाद मुखिया ÷गीता देवी साह)

राजपा –
१. गौर नपा (अजय गुप्ता÷किरण ठाकुर)
२. गुजरा नपा (सन्तलाल चौधरी ÷रोशन खातुन)

लोकतान्त्रीक फोरम नेपाल
१. ईशनाथ नपा (सन्तोष मेहता ÷ हुस्नेअरा खातुन)

रौतहटमा काग्रेंसले ८ वटा स्थानिय तहमा जित हात पारेको छ भने संघिय समाजवादी फोरमले तीन, माओवादी केन्द्रले दुई, राजपा दुई तथा फोरम लोकतान्त्रीक नेपालले एक स्थानीय तह जितेको छ ।

एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालकाको गृह जिल्लामा एमाले निल भएको छ । पार्टीको व्यक्तिवादी प्रवृति, आन्तरिक कलह र नेताहरुको अदुरदर्शिताका कारण एमाले रौतहटमा खाता समेत खोल्न नपाएको स्थानिय बताउछन । नेता नेपालको वडा र नगरपालिकामा राजपाका उम्मेदवार विजयी भएका छन ।