१४ मंसिर, रौतहट ।

रौतहटको गरुणानगरपालीका वडा नम्बर ५ को हमोम्मदपुरमा स्थानीय र प्रहरी विच झडप भएको छ । राजपाको चुनावी सभामा प्रोजेक्टर प्रयोग गरेर मधेश आन्दोलनको भिडियो देखाएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड भन्दा बढी हवाई फायर गरेको र थप सुरक्षाको माग गरेको बुझिएको छ ।

झडप जारी रहेको तर प्रहरीले आधिकारीक पुष्टि भने गरि सकेको छैन । स्थानीयले दिएको जानकारीका अनुसार अवस्था तनावपूर्ण रहेको छ । विस्तृत विवरण आउन बाँकि छ ।