२८ पुस, लन्डन ।

गैर आवासिय नेपाली संघ एन आर एनका पुर्व अध्यक्ष तथा प्रमुख संरक्षण जिवा लामिछानेको लण्डनमा भएको पुस्तक विमोचन कार्यक्रम निक्कै खल्लो भएको छ । आफ्नो नियात्रा पुस्तक संग्रह ‘सरसर्ती संसार’ बिमोच गर्न लन्डन आइपुगेका लामिछानेले आमन्त्रण गरेका कुनै पनि विशिष्ठ अतितिहरु उपस्थित नभए पछि कार्यक्रम नै खल्लो हुन पुगेको हो ।

jiba-lamichhane-london

उनी सो पुस्तक बिमोचनका लागि लन्डन आए पनि उनको कार्यक्रममा गैर आवासिय नेपाली संघ युकेका अध्यक्ष लाययत एनआरएनका प्रबुद् व्यक्तिहरु सहभागी भएनन् । जसका कारण एनआरएनएका प्रमुख संरक्षण रहेका लामिछाने टुहुरा झै देखिएका कार्यक्रममा सहभागीहरुले बताए ।

सो कार्यक्रममा एनआरएनएका कुनैपनि सदस्यहरु सहभागी नहुनुको कारण लामिछाने एनआरएनएको हितमा भन्दा पनि व्यक्तिगत स्वार्थका लागि आफ्नो बिजनेस पाटनरहरुलाई मात्र बोक्ने गरेकाले उनी एनआरएनका व्यक्तिहरुबाट एक्लिदै गएको कार्यक्रमका सहभागीहरुको आरोप छ ।

उक्त कार्यक्रममा लामिछाने प्रमुख संरक्षण रहेका एनआरएनका कुनैपनि प्रतिनिधी नआएपछि सहभागीहरु एक आपसमा मुखामुख गरिहेका थिए । संघका सहपाठीहरुले उनलाई एक्ल्याएपछि लामिछानेले बेलायतका लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी र बेलायत भ्रमणमा रहेका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का सांसद जितेन्द्र देवलाई संयुक्त रुपमा कृति बिमोचन गर्न लगाएका थिए ।