१६ वैशाख, ललितपुर ।

नेकपा (माओवादी केन्द्र) ललितपुरले ललितपुर महानगरपालिका बाहेक अन्य नगरपालिका र गाउँपालिकाको उम्मेदवार सार्वजनिक गरेको छ ।

माओवादी केन्द्र ललितपुरका अनुसार ललितपुर महानगरपालिकाको पनि केही दिनमै उम्मेदवार सार्वजनिक गरिनेछ ।

माओवादी केन्द्र ललितपुरका इन्चार्ज हरि दाहालका अनुसार महालक्ष्मी नगरपालिकाको प्रमुखमा शिवप्रसाद कट्टेल र उपप्रमुखमा लक्ष्मीसिंह महर्जनलाई उम्मेदवार बनाइएको छ ।

यस्तै वाग्मती गाउँपालिकाको अध्यक्षमा राजु आलेमगर र उपाध्यक्षमा कमला थापामगर उम्मेदवार छन् । महाँकाल गाउँपालिकामा बुद्धबहादुर नंगी र उपाध्यक्षमा विमला आचार्यले उम्मेदवारी दिनेछन् ।

कोन्जोसोम गाउँपालिकाको अध्यक्षमा गोपीलाल स्याङ्तान अध्यक्ष र उपाध्यक्षमा मिन्मा लामा उपाध्यक्षको उम्मेदवारी तय भएको छ ।

ललितपुर महानगरपालिकको प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष एवम् सदस्यहरुको सिफारिस भइसकेको र केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ ।