२० पुस, एजेन्सी।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातीको खेलमा रियल मड्रिडले भ्यालेन्सियासंग बराबरी खेलेको छ ।

valencia-v-real-madrid-la-liga

भ्यलेन्सियासंग दुई दुई गोलको बराबरी खेलेपछि रियालले दोस्रो स्थानको वार्सिलोना र शिर्ष स्थानको एट्लेटिको मड्रिडसंग अंक दुरी छोट्याउने मौका गुमाएको छ ।

करिम बेन्जिमाले १६ औ मिनेटमा रियाललाई अग्रता दिलाए पनि ड्यानी परेजोले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । ग्यारेथ बेलले ८२ औ मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाएपनि त्यसको एक मिनेटपछि पासो एल्काकरले खेल बराबरीमा ल्याए । बराबरीपछि तेस्रो स्थानमा रहेको रियाल मड्रिडको १८ खेलबाट ३७ अंक भएको छ ।

शिर्ष स्थानको एट्लेटिको मड्रिडको ४१ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ३९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

यो पनि पढ्नुस्।

चेल्सीले क्रिष्टल प्यालेसलाई तीन शुन्यले हरायो