९ असोज, एजेन्सी ।

बलिउडमा विभिन्न रेकर्ड राखेको चलचित्र ‘बाहुबली’ को सिक्वेल ‘बाहुबली-२’ को शुटिङ शुरु भएको छ । सन् २०१७ मा दर्शकमाझ आउने बताइएको यो चलचित्रलाई धेरैले प्रतिक्षा गरिरहेका छन् ।

मोदीले पाकिस्तानी नेतालाई भने, हजार वर्ष लड्छु भन्नेहरू हिजोदेखि कता हराए !

यसैबीच बाहुबली-२ अर्थात ‘बाहुबली : द कन्क्लूजन’ को शुटिङका तस्विरहरु लिक भएका छन् । इन्टरनेटमा भाइरल बनेका यी तस्विर फिल्मको क्लाइमेक्स कस्तो हुन्छ भन्ने अनुमानका लागि काफी छन् ।

bahubali-2 pic leaked 1 लिक भएका तस्विर भारतको आन्द्र प्रदेशको रायलसीमामा चलिरहेको चलचित्रको शुटिङ यी तस्विर हेरेर फिल्मको बारेमा धेरै कुरा अनुमान लगाउन सकिन्छ ।

bahubali-2 pic leaked

युद्धको थिममा आधारित यो फिल्मका तस्विर लिक भएपछि शुटिङकै क्रममा चलचित्रको चर्चा चुलिएको छ । निर्देशक एसएस राजमौलीले शुटिङ स्थलमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको भएपनि यी तस्विर कसरी लिक भए भन्ने विषयमा खोजी शुरु भएको छ ।

चर्चित फिल्म बाहुबलीमा गरिएका १० गल्ती (फोटो सहित)

बाहुबलीको पहिलो भागमा पनि तस्विर लिक भएका थिए । बाहुबली द कन्क्लूजन सन् २०१७ को २८ एप्रिलमा सिनेमाघरमा हेर्न पाइनेछ ।