१० साउन,काठमाडौं ।
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले काँग्रेस–माओवादी गठबन्धनले लिखित प्रतिबद्धता नजनाएसम्म अब बन्ने सरकारलाई समर्थन नगर्ने बताएका छन् ।

उनले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागहरु सम्बोधन गर्ने लिखित प्रबितद्धता नआएसम्म नयाँ प्रधानमन्त्री चयनमा भोट नहाल्ने बताएका हुन् । कांग्रेस माओवादी गठबन्धनले आफूहरुले उठाएका जायज मागवारे अहिलेसम्म वचनवद्धतामात्रै व्यक्त भएकाले वेट एण्ड सिको नीति मोर्चाले लिएको कर्णले बताए ।

laxman lal karna1

फाइल तस्बिर

कांग्रेस र माओवादी पनि दुधले धोएका पार्टी नभएको टिप्पणी गर्दै भने,‘काँग्रेस र माओवादी केन्द्रले प्रायश्चित गरेर आएका छन्,यसपटक हामी निशर्तः सहयोग गर्ने पक्षमा छैनौं, हामीसँग लिखित सहमति हुनुपर्छ, सरकारमा जाने कुरा त परै जाओस, अहिले हामी लिखित प्रतिबद्धता नआएसम्म प्रचण्डलाई प्रधानमन्त्री बनाउन भोट पनि हाल्दैनौं ।’