४ चैत, एजेन्सी।

लिभरपुल इङ्लिस प्रिमियर लिग फुबटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा फुलह्यामलाई २–१ गोलले पराजित गर्दै लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा पुगेको हो । साडियो मानेले २६ औं मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता बनाएपनि फुलह्यामका लागि ७४ औं मिनेटमा रायन बाबेलले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

८१ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै जेम्स मिल्नरले गोल गरेपछि खेल लिभरपुलले आफ्नो पक्षमा पार्यो । जितसँगै एक खेल कम खेलेको म्यानचेष्टर सिटीलाई लिभरपुलले दुई अंकले पछि पारेको छ ।

लिभरपुल ७६ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सिटीसँग ७४ र तेस्रो स्थानको टोटनह्यामसँग ६१ अंक रहेको छ ।