४ चैत, एजेन्सी।

लियोनल मेस्सीको ह्याट्रिकका कारण स्पेनिस ला लिगमा गएराति बार्सिलोनाले रियल बेटिसलाई ४–१ गोलले पराजित गरेको छ ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको एटलेटिको मड्रिडसँग १० अंकको दुरी कायम गरेको छ ।

मेस्सीले १८ औं, पहिलो हाफको इन्जुरी समय र ८५ औं मिनेटमा गरी तीन गोल गरे । ला लिगामा मेस्सीको यो ३३ औं ह्याट्रिक हो ।

एक गोल लुईस सुवारेजले खेलको ६३ औं मिनेटमा गरे । रियल बेटिसका लागि ८२ औं मिनेटमा लोरेन मोरोनले सान्त्वना गोल फर्काएका थिए ।