६ असोज, काठमाडौं ।

बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसी टिमबाट केही समयका लागि बाहिर हुने भएका छन् । गएराती आफ्नौ मैदानमा क्याम्प नोउमा भएको खेलमा घाइते भएपछि मेसीले केही समयको लागि बार्सिलोनाको टिमबाट बाहिरै हुने भएका हुन् ।

मेस्सीको जीवनको १० रोचक तथ्यः जुन तपाइँलाई थाहै थिएन

खेलको ५९ औं मिनेटमा दाहिने खुट्टाको मांसपेशी च्यातिएपछि मेसी तीन खेल गुमाउने भएका हुन् । अब तीन साता मैदान बाहिर बस्दा मेसीले लालिगामा सेल्टा भिगो र स्पोर्टिङ गिजोनविरुद्धका दुई खेल र च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेग्लाबासँगको खेल गुमाउने पक्का भएको हो ।

messi 10329388

घरेलु मैदानमा बराबरी

बार्सिलोनाले घरेलु मैदानमा एथलेटिको म्याड्रिडविरुद्ध बराबरी खेलेको छ । गएराती भएको लिगाको पाँचौ खेलमा दुवै टिमले एकएक गोलको बराबरी खेलेका हुन् । इभान राकटिकले ४१ औं मिनेटमा खेलमै पहिलो गोल गरेका थिए । ५९ औं मेसी घाइते भएको दुई मिनेटपछि नै ए कोरियाले एथलेटिकोको लागि बराबरी गरे । त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा एक एक बाड्न पुगेका छन् ।

रियलले पनि बराबरी खेल्यो

गएराती नै रियल म्याड्रिडले पनि भिल्लारियलसँग एकएक गोलको बराबरी खेलेको छ । पहिलो हाफको थप समयमा गोल भिल्लरियलसँग गोल खाएको रियलका लागि सर्जियो रामोसले दोस्रो हाफ सुरु भएको ३ मिनेटमै अर्थात ४८ औं मिनेटमा बराबरी गोल गरे । यही गोल नै अन्तिम हुँदा दुवैले एकएक अंक बाड्न पुगे । उता बार्सिलोना पनि बराबरीमा रोकिएको फाइदा रियललाई हुन सकेन । ५ खेलबाट रियल १३ अंकसहित पहिलो स्थानमा छ भने बार्सिलोनाको ५ खेलबाट १० अंक भएको छ । ५ नै खेलबाट ११ अंकसहित सेभिल्ला दोस्रो स्थानमा छ । चार खेल्दा पनि रियल बार्सिलोनाबीच ३ अंककै अन्तर थियो । एथलेटिको म्याड्रिड, लास पालमास, भिल्लारियल, एथलेटिको बिलबाओलको पनि ५ खेलबाट नौ नौ अंक जोडेका छन् ।