सोलुखुम्बु, १ बैशाख : सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार विहान समिट एयरको बिमान दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा सुरक्षामा खटिएका पर्यटक प्रहरी असई रामबहादुर खड्का र सोही बिमानका सह चालक एस ढुंगाना रहेको नागरिक उड्यान प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिए । नागरिक उड्यान प्राधिकरण लुक्लाका अनुसार विमानमा पाइलट र कोपाइलटमात्रै रहेका थिए । विमानस्थलमै खटिएका अर्का सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन् ।


लुक्लाबाट काठमाडौको लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एन ए एम एच विमान धावनमार्गमा चिप्लिएर रोकिराखेको हेलिकप्टरमा ठोक्किन पुगेको थियो । अझै विस्तृत विवरण आउन बाँकी छ