२२ असार, रुपन्देही ।

रुपन्देहीको लुम्बिनी–सांस्कृतिक नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य मनमोहन चौधरी बिजयी भएका छन् । पार्टीले चुनाव बहिस्कार गरेपनि त्यसका अवज्ञा गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका चौधरी ८१७५ मत ल्याएर बिजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका फकरूद्दिन खानले ७०३९ मत प्राप्त गरे । उपप्रमुखमा भने संघीय समाजवादी फोरमकी जानकीदेवी श्रीवास्तव ४७२० मत ल्याएर विजयी भइन ।

राजपाका दुई जना नेताले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका छन । यसअघि अहमद खाँ कपिलबस्तुको शुद्धोधन गाउँपालिकाको निर्वाचित भएका थिए ।