४ असोज, काठमाडौं । व्यबस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मेवारी चीनको गेजुवा कम्पनीलाई दिने निर्णयको सम्पूर्ण कागजात उपलव्ध गराउन सरकारलाइ निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले बूढीगण्डकी निर्माणको जिम्मा गेजुवा कम्पनीलाई दिनुपर्ने आधार र कारणका साथै सम्झौताका सम्पूर्ण कागजात असोज ८ गतेभित्र समितिलाई उपलव्ध गराउन उर्जामन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा अधिकांश सासंदहरुले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मेवारी चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका थिए ।

समिति सदस्यको आपत्तीपछि समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको गेजुवा कम्पनीलाई बुढिगण्डकी निर्माण गर्न दिने समझदारीलाई अनुमोदन गर्नुको कारणबारे आवश्यक सोधपुछ गर्ने निर्णय गरिएको समिति सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
१२ सय मेगावाट क्षेमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चिनियाँ कम्पनीलाई दिने तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माको निर्णय मन्त्रीपरिषद बैठकले अनुमोदन गरेको थियो ।