१ मंसिर, इटहरी ।
नेपाली काँग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारले लोकतन्त्रलाई मास्न बनेको बाम गठवन्धनको सपना पुरा नहुने दावी गरेका छन ।

सुनसरीको इटहरीमा नेपाल विद्यार्थी संघ सुनसरीले आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै गच्छदारले लोकतन्त्रलाई मास्न बनेको साम्यावादीहरुको गठवन्धलाई निस्तेज पार्ने दावी गरेका हुन ।

मुलुकका ठुला परिवर्तनहरुमा नेपाली काग्रेसको नेतृत्वमा भएकाले गणतन्त्रलाई संस्थागत गर्न पनि नेपाली काग्रेसकै नेतृत्व स्थापित हुन पर्नेमा जोड दिए । गठवन्धन गरी लोकतन्त्रलाई मास्ने उद्धेश्यले दुई तिहाई ल्याएर संविधान संशोधन गर्ने साम्यवादी गठवन्धनको सपना पुरा हुन नदिन युवा विद्यार्थीहरुलाई सक्रिय हुन काग्रेस नेता गच्छदारले आग्रह समेत गरे ।

पछिल्लाका केही वर्ष यता देखि कम्न्युष्टहरुका तर्फबाट चार पाँच जना प्रधानमन्त्री वने पनि विकास निर्माण हुन नसकेको पछि आत्तिएकाहरु भ्रमको खेती गर्ने थालेको आरोप समेत गच्छदारले लगाए ।

नेपाल सरकारका उपप्रधान मन्त्री समेत रहेका गच्छदारले लोकतन्त्र संकटमा पर्न लागेले लोकतन्त्रवादीहरु दहे वन्नु पर्छ भन्ने उदेश्यले आफुले आफनो पाटी नेपाली काग्रेसमा मिलाएको भन्दै लोकतन्त्रको रक्षाका लागि सवैले आ आफना तर्फबाट लाग्नु पर्नेमा जोड दिए ।