५ कात्तिक, काठमाडौं ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नियुक्त गर्दा हाम्रा नभएर राम्रा मान्छे नियुक्त गर्न माग गरेको छ ।

माधव नेपालले खोले छापामार शैलीको महाअभियोग आउनुको कारण

अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया अघि बढेको समयमा नयाँ शक्तिले यस्तो माग गरेको हो ।

फाइल तस्बिर

फाइल तस्बिर

लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन व्यवस्थापिका संसदमा प्रस्ताव दर्ता भएको सन्दर्भमा ध्यानाकर्षण भएको भन्दै नायाँ शक्तिले लोकमानलाई नियुक्त गर्दा नै त्रुटी भएको औंल्याएको छ ।

नयाँ शक्तिले, “यस्ता प्रकरणका आडमा कुनै पनि दल वा व्यक्तिले आफ्ना भ्रष्टाचारजन्य कार्य र नियत ढाकछोप गर्न नपाउन भन्ने तर्फ पनि सतर्क रहन सवैसँग आग्रह गर्दछौं” समेत भनेको छ ।

यस्तो जवाफ दिएर लोकमानलाई बालुवाटार गेटबाटै फर्काइयो !

यो भनाइ माओवादीका अध्यक्ष प्रचण्ड र लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारलाई लक्षित भएको अनुमान विश्लेषकहरुले गरेका छन् ।

पढ्नुस् विज्ञप्ति

संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पार्दछ । संवैधानिक अंगमा वहाल रहेका कुनै पनि अधिकारीले आफ्नो पदीय आचरणविरुद्ध काम गरेको खण्डमा महाभियोग लगाउन र त्यसको छिनोफानो गर्न सार्वभौम संसद् सक्षम छ भन्ने हाम्रो विश्वास छ । साथै यी कुराहरुले राजनीतिक दलहरुबाट भएको आयोगको प्रमुख नियुक्तिमै त्रुटी रहेको कुरालाई पुष्टी गर्दछ ।

संसदबाट सिधै नियुक्त हुने जनलोकपालको आवश्यकता छ जो कुनै दल वा आफूलाई त्यो पदमा पुर्‍याउने राजनीतिक नेतृत्वप्रति उत्तरदायी नभई सिधै संसदप्रति उत्तरदायी होस् भन्ने नयाँ शक्ति नेपालले माग गर्दै आएको छ । त्यस्तो संस्थाले मात्र बिना कुनै हस्तक्षेप जनता र संसदप्रति उत्तरदायी हुनेगरी काम गर्न सक्छ र भ्रष्टाचार निवारणमा काम गर्न सक्छ भन्ने हाम्रो बिश्वास छ ।

मुलुक भ्रष्टाचारको दलदलमा फसिरहेको बेला भ्रष्टाचार निवारणका लागि नि:स्वार्थ र निर्भिकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख नै बिबादमा तानिनु सवैभन्दा दु:खद् बिषय हो । त्यसले भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासमा र संस्थाको गरिमामै चोट पुग्ने स्थिति देखिएको छ । तसर्थ, यस्तो संस्थाको गरिमा बचाइराख्न आगामी दिनमा संबेदनशील संवैधानिक पदमा नियुक्ति गर्दा हाम्रा हैन कि राम्रा र जनउत्तरदायी मानिसहरु नियुक्ति गरियोस् भनी नयाँ शक्ति नेपाल ध्यानार्कषण गराउन चाहन्छ । साथै यस्ता प्रकरणका आडमा कुनै पनि दल वा व्यक्तिले आफ्ना भ्रष्टाचारजन्य कार्य र नियत ढाकछोप गर्न नपाउन भन्ने तर्फ पनि सतर्क रहन सवैसँग आग्रह गर्दछौं ।