५ कात्तिक, काठमाडौं ।

आफू विरुद्ध संसदमै महाअभियोग प्रस्ताव दर्ता भएपछि रन्थनिएका लोकमान सिंह कार्की आफ्नो अपमानित बहिर्गमन रोक्न सक्रिय भएका छन् ।

भारतीय राजदुत रञ्जित रे लाई एमालेबाट आयो कडा चेतावनी

कार्कीका प्रतिनिधीहरु शीर्ष नेताको घरु दैलोमा पुगेर महाअभियोग प्रस्ताव अघी नबढाउन अनुनय विनय गरिरहेका चर्चा सार्वजनिक हुने क्रम जारी छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई गेटपालले गेटबाटै फर्काइदिएको श्रोतले बताएको छ । कुनै पूर्व जानकारी नदिइ शुक्रबार विहानै बालुवाटर पुगेका कार्कीलाई समय नलिइकन आएको भन्दै फर्काइएको बताइएको छ ।

Lokman karki karki

बुधबार नाटकीयरुपमा संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध प्रमुख प्रतिपक्षी दल एमाले र सत्तारुढ माओवादीका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि शुरु भएको ‘हाइ भोल्टेज ड्रामा’ ले धेरैलाई समस्यामा पारिदिएको छ ।

१७ वर्ष अघि एसएलसी बोर्ड फष्ट भएकी सुम्निमा यसरी भेटिइन्

दर्ता प्रक्रियामा सहभागी भएको माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर गराउँदा आफूहरुलाई झुक्काइएको बताएपछि माओवादी भित्र तनाव बढेको छ भने संसदको प्रमुख ठूलो दल नेपाली कांग्रेसले औपचारिक धारणा सार्वजनिक नगर्दा राजनीतिक अड्किएको छ ।

लोकमान प्रकरणमा प्रचण्डलाई च्यालेञ्ज गर्ने माओवादी सांसदको अर्को स्ट्याटस

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकमान प्रकरणलाई उनलाई अघिल्लो पटक सत्ताच्युत गर्ने कटवाल काण्डसँग तुलना गरेको कुरा सार्वजनिक भैसकेको छ ।

लोकमान प्रकरणः ओलीले अन्तिम समयमा बदले निर्णय

लोकमान प्रकरणकै कारण प्रमुख सत्ता साझेदार कांग्रेस र माओवादीबीच समेत विश्वासको दरार पैदा भएको चर्चा छ ।