५ कात्तिक, रुकुम ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको बिषयमा नेपाली कांग्रेसले अलमल गर्न नहुने बताएका छन् ।

माधव नेपालले खोले छापामार शैलीको महाअभियोग आउनुको कारण

अदालतको समेत अपमान गर्ने लोकमानसिंह कार्कीको बिरुद्धमा नेकपा एमाले र माओबादी केन्द्र मिलेर महाअभियोग प्रस्ताव ल्याएको भन्दै उनले कांग्रेस बाध्य भएर उक्त प्रस्तावको सर्मथनमा आउनुपर्ने बताए ।

Yubraj Gyawali

फाइल तस्विर

नेकपा एमाले रुकुमको ११ औं पुर्ण बैठकको उद्घाटन कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले यदी कांग्रेसले अलमल गरे उसले नेपाली राजनितिमा ठुलो क्षति व्यहोर्नुपर्ने बताए ।

उनले २०७४ माघ ७ भित्र सबै निकायको निबार्चन गरेर मात्र संबिधान संशोधन गर्न सकिने बताए । संबिधान कार्यान्वयन गर्नेबेला संशोधन गर्नुपर्छ भन्नुको अर्थ नरहेको उनको भनाई छ ।

भारतीय राजदुतलाई एमालेबाट कडा चेतावनी

नेकपा एमाले प्रदेश नं ६ का संयोजक समेत रहेका उपाध्यक्ष ज्ञवालीले ६ नं प्रदेशलाई समृद्ध बनाउनका लागी एमालेले आन्तरिक गृह कार्य गरिरहेको र कार्ययोजना बनाएर काम गर्ने जानकारी दिए ।

यस्तो जवाफ दिएर लोकमानलाई बालुवाटार गेटबाटै फर्काइयो !