काठमाडौं, ९ जेठ । कर्मचारी समायोजनका कारण लामो समयदेखि रोकिएको कर्मचारी भर्नाको प्रक्रिया सुरु भएको छ ।

लोकसेवा आयोगले बिहीबार स्थानीय तहका पदहरुको पदपूर्ती सम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार विभिन्न पदहरुमा यहि जेठ महिनाको तेस्रो बधुबार अर्थात जेठ १५ गते विज्ञापन प्रकाशन हुनेछ । भदौमा परीक्षा लिएर असोजमा नतिजा निकाल्ने र कात्र्तिक महिनामा अन्तरवार्ता र सिफारिसको कार्यतालिका तय गरिएको छ ।