२७ असार, काठमाडौं । २३ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ ।
नेपाली टोलीका कप्तान बिमल घर्तिमगरले खेलको १९ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक भयो ।

खेल अवधिभर नेपालले झण्डै आधा दर्जन गोल गर्ने मौका चुकाएको थियो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएकोे हो ।

युएईमा हुने एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले यो खेललाई अभ्यास खेलका रुपमा लिएको छ ।