१३ असार, भोजपुर ।

नेपाली कांग्रेसका वडाअध्यक्षका उमेदवारको घरमा बम विष्फोट गराइएको छ । भोजपुर नगरपालिका ४ का कांग्रेसका वडा अध्यक्षका उमेदवार प्रेमबहादुर भण्डारीको घरमा सकेट बम हानिएको प्रहरीले जनाएको छ ।

भण्डारको घरमा दुईवटा बम प्रहार भएकोमा तर एउटा मात्रै पड्किएको प्रहरीको भनाई छ । बम प्रहारबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले बताएको छ । बम कसले हानेको भन्ने अनुसन्धन भइरहेको प्रहरीको भनाई छ ।