६ बैशाख, काठमाडौं । भीमदत्त कञ्चनपुरको पुरानो नगरपालिका हो । यहाँ जिल्लास्तरका नेतादेखि थुप्रैले उम्मेदवार बन्ने आकांक्षा राखिरहेका छन् ।

निर्वाचनमा पारिवारिक सदस्यसमेत एक अर्काका प्रतिस्पर्धिमा देखिने भएका छन् । नगरपालिकाको सात नम्बर वडामा ससुरा र ज्वाइँ दुवै वडा अध्यक्षमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

एमालेले ७ नम्बर वडामा पार्टीको वडा अध्यक्ष रहेका गणेश चन्दलाई सर्वसम्मत रुपमै वडा अध्यक्षका लागि अघि सारेको हो ।

त्यही वडाबाट कांग्रेसका गजेन्द्र चन्दले टिकट पाउने लगभग पक्का भएको छ । उनीहरु नातामा ससुररा र ज्वाइँ हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।