२६ फागुन,काठमाडौ । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले मुलुकलाई अहिलेको जटिल परिस्थितिबाट उतार्न वर्तमान सरकार विघटन गरी नयाँ चुनावी सरकार बन्नुपर्ने बताउनुभएको छ ।

    सो पार्टीको धादिङ जिल्ला अधिवेशनको आज धादिङवेसीमा उद्घाटन गर्दै उहाँले समयको मागअनुसार आफ्नो पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गरिसकेको र राप्रपा नेपालले त्यसलाई आत्मसात गर्न नसक्दा पार्टी एकता हुन नसेकेको बताउनुभयो ।

    देशमा महँगी, भ्रष्टाचार र कुशासनलाई बढावा दिने अहिलेको सरकार नहटेसम्म देशले निकास पाउन नसक्ने पार्टी सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनी बताउनुभयो ।

    महामन्त्री दीपक बोहोराले आफ्नो दलबाहेक अन्य राजनीतिक दलहरु भारतपरस्त भएको आरोप लगाउने एमाओवादीका नेताहरु आफैँ भारतको इसारामा शासन सञ्चालन गरिरहेको आरोप लगाउनुभयो । रासस