४ असोज,तेह्रथुम  (रासस): गएराति परेको अविरल वर्षापछि जमिन भासिँदा तेह्रथुमको जिरिखिम्ती बजारमा एक घर क्षतिग्रस्त बनेको छ ।

म्याङलुङ्ग नगरपालिका–९ स्थित जिरिखिम्तीका लोकबहादुर अधिकारीको चार तले घर भत्किँदा रु ४२ लाख ६१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर भत्ँिकदा घरमा भएका सामान जस्तापाता, सुनचाँदी, भण्डारण गरेको अलैँचीलगायत पुरिँदा सो बराबरको क्षति भएको हो । घर भत्किए पनि मानवीय क्षति भने हुन पाएन । घर भत्किँदा अधिकारीको आठजनाको परिवार विचल्ली बनेको छ ।