नयाँ वर्ष २०७२ हामीबाट विदा भएको छ । नेपालीहरुका लागि कष्टको वर्ष बनेको २०७२ विदा भएर नयाँ वर्ष २०७३ को आगमन भएको छ । पीडादायी वर्ष भुलेर नेपालीहरु नयाँ वर्षको शुरुवात गर्न चाहन्छन् ।

राशि अनुसार यो वर्ष कस्तो हुन्छ ?

हिन्दु ज्योतिष परंपरा अनुसार यो वर्षको पहिलो दिन चैत्र शुक्लपक्षबाट शुरु हुन्छ । यो वर्षको राजा शुक्र हुने छ । शुक्र धनको प्रतिक मानिन्छ । मन्त्री पद भने बुधसँग हुने छ । वर्षको पहिलो दिन बुधबार परेको छ ।

new year rasifal

शुक्रका कारण वर्ष २०७३ मा भौतिक सुखका साधन, प्रेम, काम, कला संगीत लगायका कुराको प्रचुरता रहने देखिन्छ । यो वर्ष देशको आर्थिक प्रगति हुन सक्छ । सवारी साधन, कला, संगीत, मेकअप, फेशन, रेडीमेड वस्‍त्र आदीको ब्यापार बढ्ने छ । फिल्ममा कामुकता बढ्ने छ । धान, उँखु, गहुँको उत्पादन राम्रो हुन्छ ।

ज्योतिष गणना अनुसार सम्बत २०७३ को राजा शुक्रको बाहन भ्यागुतो हो । यसको अर्थ यो वर्ष अत्याधिक वर्षा हुन सक्छ । बाढी र पहिरो जस्ता प्रकोपको खतरा पनि कायमै छ । कतिपय क्षेत्रमा भने खडेरीले सताउन सक्छ ।

बुध मन्त्री भएका कारण यो वर्ष कामुकता बढ्ने छ । यौनापराध बढ्ने देखिन्छ । पेट्रोल र ग्यासको मूल्य बढ्ने छ । पत्रकारिता, लेखन, शिक्षा लगायतका क्षेत्रका लागि भने यो वर्ष लाभदायक देखिन्छ । दैनिक उपभोगका सामानको कारोबार गर्नेहरुलाई पनि यो वर्ष लाभदायक देखिन्छ ।

सरकार

शनिको प्रभाव प्रवल रहेका कारण सरकारले गर्ने अनौठा अनौठा निर्णयले जनता आजित हुने योग छ । देशका कतिपय भागमा संक्रामक रोग फेलिने र प्राकृतिक विपद्को योग पनि छ । शनिको प्रभावले फलाम, स्टील, कोइला, पेट्रोल‌ियम, दाल चीनी, ऊनी वस्‍त्रादीको मूल्य बढ्न सक्छ ।

सन् २०१६ को वार्षिक राशिफल

जन्मकुण्डली बनाइदिने मोबाइल एप