१० माघ,काठमाडौँ।
एकीकृत नेकपा (माओवादी)को सहायक सङ्गठन (वाइसिएल)को अध्यक्षमा रामचन्द्र शर्मालाई चयन गरेको छ ।

आज सम्पन्न वाइसिएलको राष्ट्रिय भेलाबाट शर्मा अध्यक्षमा चुनिएका छन्। यस्तै महासचिवमा रामप्रसाद सापकोटा र कोषाध्यक्षमा सुबोध शिर्पाली चुनिएका छन् ।

यही माघ ८ गतेदेखि जारी भेलाले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समितिले सर्वसम्मतले चयन गरेको नवनिर्वाचित महासचिव सापकोटाले जानकारी दिए ।

कुल १७ पदाधिकारीमा सात उपाध्यक्ष, सात सचिव रहेका छन् । उपाध्यक्षहरुमा लक्ष्मीप्रसाद चौलागार्इं, लीला शर्मा, युवराज दुलाल, दुर्गाप्रसाद अधिकारी, हरेन्द्र यादव, नन्दराम कडेरिया र शिव फुयाल रहेका छन् ।

यस्तै, सचिवहरुमा देवीजङ्ग शाही, मणि राई, क्षितिज लामिछाने, नारायण जिसी, लालेन्द्र मण्डल, नरेन्द्रप्रसाद पाण्डे र मीनबहादुर लामा छन् ।

गत २०७० साल भदौमा भएको वाइसिएलको राष्ट्रिय सम्मेलनले गणेशमान पुनको अध्यक्षतामा ३८९ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि पदाधिकारीहरु चुन्न सकेको थिएन ।

आइतबार सम्पन्न राष्ट्रिय भेलाले वाइसिएलको विधान संशोधन गर्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । रासस

 यो पनि पढ्नुस्।

स्मरण शक्ति बढाउने ६ अचुक शुत्र

रङ्गेली घटनाका मृतकको शवलाई मोर्चाले भोलि बुझ्ने

स्वस्थानी ब्रतको माघस्नान – तस्बिर सहित

मोर्चाका नेता भित्रभित्रै खुसी: प्रचण्ड